काठमाण्डु– प्रतिनिधिसभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो । रास्वपाका सांसद स्वर्णिम वाग्लेले अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावको समर्थनमा विपक्षी दलका सांसदहरूले समर्थन गरे पनि सदनको बहुमतले उक्त प्रस्ताव स्वीकृत गर्यो। उपप्रधान तथा अर्थमन्त्री…