सरकार निजी क्षेत्रको मनोबल बढ्ने गरी लागेको छ : मन्त्री पौडेल

बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताएका छन् । भैरहवामा बिहीबारदेखि सुरु भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएकाले व्यवसायीलाई निराश नहुन आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ,’ पौडेलले भने…