आज २० औँ राष्ट्रिय कफी दिवस

काठमाण्डु-आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको सुरूआत भएको मानिन्छ । नेपालमा शुरूदेखि नै रोपण गरेको कफी अराविका जातको हो । अराविका…