काठमाण्डु-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जतिपनि विद्युत खपत गर्न आग्रह गरेका छन् । खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी प्रयोग गर्दा पनि लोडसेडिङ नहुने घिसिङले बताएका हुन् । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मीपूजामा बत्ती नजाने पनि स्पष्ट पारे । यस वर्षको तिहारमा देशभित्र पुग्ने विद्युत उत्पादन भइरहेको र तिहारमा आयात…