काठमाण्डु– नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर…