काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै गएको बेला चर्चामा रहेका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । रिट निवेदनमा उनलाई राजनीतिक दलको सक्रिय सदस्य भएकाले गभर्नर बन्न अयोग्य मानिएको छ । राष्ट्र बैंकको ऐन विपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट…