कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुग्याे

काठमाण्डु– नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुगेको छ। कुल गार्हस्थ उत्पादन अर्थात् सिंगो अर्थतन्त्रको आकार नै ५७ खर्ब ४ अर्ब ८४ करोड रहेकोमा सार्वजनिक ऋण अर्थन्त्रको ४२.६५ प्रतिशत हुन आएको छ। राजस्व असुलीमा कमी आएपछि सरकारले ऋण परिचालन बढाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै सरकारले एक खर्ब ३४ अर्ब…