स्थानीयको समस्या समाधान गरेर नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइन्छ : मन्त्री भण्डारी

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा स्थानीय वासिन्दाको बस्तीको समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताएका छन् । बाँकेका जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको मन्त्रालयमा मंगलबार भएको छलफलमा उनले स्थानीय वासिन्दाको बस्तीको जग्गा विवादको छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने बताए ।…