काठमाण्डु-नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ । नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक काठमाडौँमा भएको हो । बैठकमा बिहीबार नेपाल–भारत–बङ्गलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीचको ऊर्जा विकासका…