सेयर बजार अर्थतन्त्रको ऐना हो, हाम्रो सरकार बनेसंगै ४ सय अंक बढ्यो : प्रधानमन्त्री ओली

काठमाण्डु-  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि सेयर बजारमा उत्साह आएको बताएका छन् । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको दावी गरेका हुन् । उनले सेयर बजार मात्र हैन अव पूरै बजार चलायमान बनाउने बताए । प्रधानमन्त्री ओलीले भने, ‘सेयर बजार २७ महिनाकै उच्च बिन्दुमा पुगेको छ ।…