काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसदीय उप–समितिले सार्वजनिक गरेको प्रतिवेदनप्रति तीव्र आपत्ति जनाएका छन् । मंगलबार पोखरा विमानस्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यस्तो प्रतिवेदन राजनीतिक पूर्वाग्रह र तथ्यहिन आरोपमा आधारित रहेको बताए ।‘विमानस्थल सारा पोखरावासीको सपना थियो,’ उनले भने, ‘यो जनताको…