काठमाण्डु – लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजना निर्माणका लागि लगानी गर्ने सम्झौता गरेका छन् । सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने अर्धजलासययुक्त आयोजनाको अनुमानित लागत १५ अर्ब रुपैयाँ छ, जसमा ७० प्रतिशत सहवित्तीयकरणमार्फत र बाँकी ३० प्रतिशत कम्पनीका संस्थापकहरूको लगानी रहनेछ । सहवित्तीयकरणमा…