सरकारी स्वामित्वका वित्तिय संस्थालाई ३५ वर्ष नपुग्दै सरकारले उद्धार गर्नुपरेको छ : अर्थमन्त्री

काठमाण्डु- अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरूमध्ये चारवटा बैंक कहाँ बिलाए भन्ने थाहा छैन…