काठमाण्डु – एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबीबिच २ वटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो । सहुलियत पूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुनेछ…