काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० पुगेको छ । हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० थियो ।