काठमाडौं– सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिएकी छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिसम्बन्धी छलफलका क्रममा धारणा राख्दै उनले मौद्रिक नीतिलाई थप पारदर्शी, वैज्ञानिक र विश्वसनीय बनाउन एमपीसी महत्वपूर्ण हुने बताइन्…