काठमाण्डु– भदौ महिनादेखि लागू हुने ब्याजदर वाणिज्य बैंकहरुले सार्वजनिक गरेका छन्। साउनको तुलनामा २० बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् भने १ बैंकले मात्र बढाएको छ। स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबीआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर तल झारेका छन्। सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकले…