सिजी इलेक्ट्रोनिक्सले एलजी टिभीको नेपालमा एसेम्बली प्लान्ट सुरु गर्‍यो

काठमाण्डु - सीजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा एलजी ईलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक श्री सुन्घोचुनले नेपाल भ्रमणका साथसाथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाण्डुको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन् । उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ । नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर एलजीको मापदण्ड…