काठमाण्डु – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले शुक्रबार अर्थतन्त्रका अधिकांश सूचक निराशाजनकमा रहेको सरकारी प्रतिवेदन सार्वजनिक गरेको हो । विदेशी मुद्रा सञ्चिति बढ्न नसकेको, महंगी बढेको, चालू खाता र शोधानान्तर स्थिति घाटामा रहेको प्रतिवेदनले देखाएको छ । अर्थतन्त्रको अर्को महत्वपूर्ण सूचक रेमिट्यान्समा भने सुधार देखिएको…