काठमाण्डु – धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफ्नो बचाउ गरेका छन् । ढुंगानाकी छोरीले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको बिषयमा सर्वत्र आलोचना भएपछि संसदको अर्थ समितिले चासो राखेको थियो । बुक बिल्डिङ्गमा आधारित सर्वोत्तम सिमेन्टको सेयर १०–१० हजार कित्ता बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्दसिंह साउदकी श्रीमती सुशीला कुमारी बोहोराका नाममा देखिएको…