काठमाण्डु– शेयरधनीलाई वितरण भएको लाभांश फिर्ता दिन अर्थमन्त्रालयले निर्देशन दिएपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका छन् । बैंकको साधारणसभाले पारित गरेर शेयरधनीलाई वितरण गरिसकिएको लाभांश फिर्ता लिन अर्थ मन्त्रालयले निर्देशन दिएपछि उनले आफ्नो नैतिकताले त्यसो गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन् । नेपाल बैंकले आर्थिक वर्ष ७६/७७ को लागि १२ प्रतिशत बोनस र…