३० लाख युवा खाडी जाँदा ४२ प्रतिशत जमिन बाँझो : कृषिमन्त्री खनाल

काभ्रे–कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवा जनशक्ति विदेशिँदा नेपालको उर्वर भूमि बाँझो हुन पुगेको बताएका छन्। दुई जिल्लामा गरिएको अध्ययनबाट कुल जमिनको ४२ प्रतिशत जमिन बाँझो देखिएको भन्दै त्यसको मुख्य कारण बैदेशिक रोजगारी रहेको मन्त्री खनालको भनाई छ । काभ्रेको पात्लेखोलामा रामबहादुर गौतमले सञ्चालन गरेको गाई र तरकारी फामको अवलोकन पछिको कार्यक्रममा बोल्दै…