झापाको भद्रपुर विमानस्थल १० दिनका लागि बन्द

काठमाडौं – झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिनका लागि बन्द गरिने भएको छ । नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ । यहाँ साविकमा भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन्…