सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । बुधबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने ९३ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…