काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले कैलाली चिसापानीको कर्णाली नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिंचाइ आयोजनाको निरीक्षण गरेका छन्। बुधबार आयोजनाको मुहान क्षेत्रमा पुगेका ऊर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्नको लागि आवश्यक सहयोग र समन्वय गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई समेत आग्रह गरे। उनले मन्त्रालयको तर्फबाट सहजीकरण र आवश्यक गर्नुपर्ने…