काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ८३ को बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोसिस गरेको बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए । उनले भने, ‘एमालेको नेतृत्वको सरकार होस् अथवा एमाले पृष्ठभूमिको…