काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो र्पुयाउने दाबी गरेका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले देशको हितलाई ध्यानमा राखेर आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो र्पुयाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए…