काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजारमा चिनी अभावका विषयमा मन्त्रालयमाथि लगाइएको आरोपप्रति खेद प्रकट गर्दै छानबिन गर्न माग गरेका छन्। मन्त्री यादवले सङ्घीय संसद्, सचिवालयलाई एक पत्र लेख्दै रु एक अर्ब ६९ करोडको चिनीको मूल्य बढाउन मन्त्रालयले चलखेल गरेको भन्ने आरोप तथ्यहीन भएको दाबी गरेका हुन्। उनले यथाशीघ्र छानबिन गरी दोषीमाथि कडा कारवाही गर्नसमेत…