काठमाडौ - लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरु निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन्। ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन्। बैंकमा प्रशस्त लगानीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान…