काठमाण्डु - इरानले इजरायलमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देश युद्धतर्फ उन्मुख भएका छन् । अहिलेसम्म इजरायल र इरानबीच औपचारिक युद्ध भएको छैन तर उनीहरू अनौपचारिक द्वन्द्वमा संलग्न छन् । इरानसहित अन्य देशमा महत्वपूर्ण इरानी व्यक्तिहरूको मृत्यु हुने गरी आक्रमण हुँदा त्यस्ता घटना इजरायलले गराएको ठानिन्छ । इरानले भने इजरायललाई ‘प्रोक्सी’ अर्थात् अरू कुनै…