काठमाण्डु – लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई एकल बहुमतबाट रोक्न सफल भएपछि उत्साहित भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी धर्मसंकटमा परेका छन् । लोकसभा चुनावमा उनी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड क्षेत्रबाट विजयी भएका छन् । २ क्षेत्रबाट विजयी सांसदले मतपरिणाम घोषणा भएको १४ दिनभित्र कुनै १ क्षेत्र छाड्नुपर्ने बाध्यता छ…