काठमाण्डु–संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोडभन्दा बढी मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ । विश्वव्यापी रूपमा विस्थापित…