काठमाण्डु - इजरायल-प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु काम गर्न नसक्ने अवस्थामा रहेका छन् । इन्धन अभाव भएपछि गाजा क्षेत्रका अस्पतालहरुमा काम अवरुद्ध भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। गाजा स्ट्रिपका अस्पतालहरूमा आपत्कालीन अवस्थाका बिरामीहरू मात्र भर्ना लिन थालिएको छ। राष्ट्रसंघीय भवनहरूमा विस्थापित छ लाखभन्दा धेरै मानिसहरूको भिडभाड छ, जुन त्यहाँको क्षमताभन्दा चार गुणा बढी हो।…