अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई जनाको मृत्यु

एजेन्सी - अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि वगरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलोन्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।…