अफगानिस्तान विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छ : हिबतुल्लाह

एजेन्सी - अफगानिस्तानको तालिवान सरकारका नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले अन्तर्राष्ट्रिय समुदायसँग रचनात्मक सम्बन्ध र सकारात्मक सम्बन्धका लागि आह्वान गरेका छन्। “अफगानिस्तानले इस्लामी सिद्धान्तको ढाँचाभित्र पारस्परिक लाभमा आधारित छिमेकी राष्ट्रहरू, इस्लामी देशहरू र अन्तर्राष्ट्रिय समुदायसँग रचनात्मक संलग्नता र सकारात्मक सम्बन्ध चाहेको छ,” हिबतुल्लाहले इद अल–फित्रको पूर्वसन्ध्यामा मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको अवसरमा आफ्नो सन्देशमा भने। प्रशासनका…