काठमाण्डु- पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने ९ जना अझै बेपत्ता रहेका छन् । घटना स्वातको बाबुजई तहसीलस्थित बाइपास सडक नजिकै रहेको जी क़ुर्बान रेष्टुराँ छेउमा शुक्रबार बिहान करिब साढे आठ बजे भएको हो । डस्का र मर्दान जिल्लाबाट आएका दुई…