भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

काठमाण्डु – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छन् । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने ठाँउमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई सितापुरको हरगाँउबाट पक्राउ गरेको हो । उनी आज बिहानै ५ बजे पक्राउ परेकी हुन् । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो ।…