एजेन्सी - अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ। पृथ्वीबाट उडेको करिब सात महिना पछि अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान मङ्गल ग्रहको सतहमा अवतरण गरेको हाे। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए।…