एजेन्सी – भारतको सिरम इन्स्ट्रिच्युट अफ इन्डियाले अक्सफोर्डले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप आफ्नो देशमा आपतकालीन प्रयोग गर्नका लागि स्वीकृति मागेको छ । खोप उत्पादक कम्पनी सिरमले ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियासँग भारतमा खोप प्रयोगका लागि अनुमति मागेको हो । महामरीका कारण स्वास्थ्य आवश्यकता पूरा गर्न साधन अपर्याप्त भएको र ठूलो संख्यामा जनसाधारणको जीवनसँग जोडिएको…