काठमाण्डु– भारत जालन्धरको 'द चर्च अफ ग्लोरी एन्ड विजडम'का संस्थापक पास्टर बजिन्दर सिंहलाई आजीवन कारावासको सजाय सुनाइएको छ। मोहाली अदालतले बलात्कार मुद्दामा सिंहलाई आजीवन कारावासको सजाय सुनाएको हो । सन् २०१८ मा जिरकपुरकी एक महिलाले बजिन्दर सिंहसहित ६ जनाविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्। अदालतले सिंहबाहेक बाँकी ५ अभियुक्तलाई भने सफाइ दिएको भारतियसञ्चार माध्यमले जनाएका छन्…