एजेन्सी – विश्वभर ७००० हजारको ज्यान लिइसकेको र महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट मानिसलाई बचाउन पहिलोपटक विकास गरिएको परीक्षण खोप लगाउन सुरु गरिएको छ । अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गरिएको थियो । अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।…