म्याड्रिड – स्पेनकी एक मन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण लागेको पुष्टि भएको छ । समानता मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि पतिको साथमा क्वारेन्टाइनमा राखिएको हो । बिहीबार सरकारले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । यद्यपि उनको अवस्था सामान्य रहेको बताइएको छ । साथै कार्यवाहक प्रधानमन्त्री पाब्लो ल्गलेसियसलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।…