चिनियाँ राष्ट्रपति र हङकङकी कार्यकारी प्रमुखबीच भेटवार्ता

एजेन्सी – चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामबीच भेटवार्ता भएको छ । हङकङमा चार महिनादेखि सुपुर्दगी विधेयकको विरोध भइरहँदा दुई नेताबीच पहिलोपटक भेटवार्ता भएको हो । सांघाईमा भएको वार्तामा सिले क्यारी ल्यामको नेतृत्वमा पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ । हङकङ प्रदर्शन उग्र बन्दै जाँदा र चीन विरोधी गतिविधि बढ्दै गर्दा…