काठमाण्डु - अमेरिकामा शनिबारदेखि सयौं उडान रद्द हुने भएको छ। शनिबारदेखि एयरलाइन्सहरूले उडान रद्द गर्ने भएका हुन्। अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन चलिरहेका कारण देशभर उडानमा अवरोध भएको हो। फेडरल एभिएशन अथोरिटीको निर्देशनपछि एयरलाइन्सहरूले उडान रद्द गर्ने घोषणा गरेका हुन्। पछिल्लो एक महिनादेखि एयर ट्राफिक कन्ट्रोलरहरूको स्टाफ कम हुँदा धेरै विमानस्थलहरूमा ढिलाइ भइरहेको थियो।…