इन्डोनेसियामा दोस्रो दिन पनि आतंककारी हमला : प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु

इन्डोनेसिया- इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको ज्यान गएको प्रहरीले जनाएको थियो । आतंककारीहरुले सोमबार पनि बम हमला गरेका छन् । सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा…