गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

इस्लामावाद- पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएकाे छ । निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हाे । पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षितगरी चलाइएको गोली उनको पाखुरामा लागेको र उनको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । इकबालको स्वास्थ्य खतरामुक्त रहेको पनि अधिकारीले जनाएका…