काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासमा वन तथा वातावरण मन्त्रालय बाधक नभई समृद्धिको साधक भएको दावी गरेका छन् । राष्ट्रिय समाचार समिति (रासस)का लागि रमेश लम्साल, अशोक घिमिरे र हेमन्त केसीसँग वार्तामा उनले वन पैदावार समृद्धिका लागि सदुपयोग गर्नेगरी नीति बनाइएको उल्लेख गर्दै आगामी दिनमा परिणाम प्राप्त गर्ने विश्वास व्यक्त गरे ।…