काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुन । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिसी जिनपिङको नेपाल भ्रमण, नेपालसँगको आपसी सम्बन्ध र यसले आर्थिक विकासमा पु¥याउन सक्ने सहयोगका विषयमा नेता पाण्डेसँग राससकर्मी नारायण ढुङ्गानाले गरेको कुराकानीको सारसङ्क्षेप : वर्तमान अवस्थामा नेपाल चीन सम्बन्धलाई कसरी लिनुभएको छ…