काठमाण्डु पुगेपछि राजदूत सोङ्ग भन्छन्: चीन-नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय थप्ने प्रयास गर्नेछु

काठमाण्डु - नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाण्डु आएका छन् । सोङ आइतबार काठमाण्डु आइपुगेका हुन् ।अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गरे । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो । काठमाण्डु…