चर्चामा एमसीसी : सम्झौताबारे थप प्रष्ट पार्न सरकारले अमेरिकालाई पठायो पत्र

काठमाण्डु – सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे थप प्रष्ट पार्न अमेरिकालाई आग्रह गरेको छ । सम्झौताका कतिपय बुँदाबारे थप स्पष्ट हुन चाहेको भन्दै अर्थ मन्त्रालयले शुक्रबार अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र पठाएको हो । स्रोतका अनुसार अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अन्य सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो…